काठमाडौं – भोली ( जेठ ४ गते ) वाट नेपाल प्रहरीका महानिरिक्षक वसन्त बहादुर कुँवर सेवा निवृत्त हुँदै छन । उनी मात्र होइन नेपाल प्रहरीका अन्य उच्च अधिकारी पनि सेवा निवृत्त हुँदै छन । कुँवरसहित प्रधान कार्यालयमा कार्यरत एआइजीमध्ये अपराध अनुसन्धान विभागका प्रमुख कुवेर कडायत, कार्य विभाग (अपरेशन) प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, प्रशासन विभाग प्रमुख टेकप्रसाद राई र प्रदेश समन्वय विभाग प्रमुख जनक भट्टराई पनि सँगै अवकास हुन्छन् । डीआईजीमध्ये गण्डकी प्रदेश प्रमुख भोलाबहादुर रावल र सुदूरपश्चिम प्रदेश प्रमुख गणेश चन्द पनि अवकास हुँदैछन् ।
प्रहरी प्रमुख सहित उच्च अधिकारी सेवा निवृत्त भए पछि प्रहरीको महत्वपूर्ण विभाग र कार्यालयहरु नेतृत्व विहिन हुने छन । ति विभाग र कार्यालय निमित्तको भरमा चल्नु पर्ने अवस्थामा पुग्ने छन ।
सरकारले प्रहरीको भावी नेतृत्वका बारेमा समयमै गृहकार्य नगर्दा तीन एआइजी शक्ति केन्द्रको दौडधुपमा छन । अहिले नेपाल प्रहरीका एआइजी दिपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आइजीपी बन्न दौडधुपमा छन । तीन मध्य थापाको सम्भावना बलियो छ ।
आइजीपी केहि दिनमा टुङ्गो लागे पनि अन्य एआइजी र डिआइजी हरु बढ्वावाट पूर्ति गरि पदस्थापन गर्न थप समय लाग्ने देखिन्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
