काठमाडौं – गोरखाको शहीद लखन गाउँपालिका ३ मा माइक्रोबस दुर्घटना हुँदा मृत्यु एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ : २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा चितवन खैरहनी गाउँपालिका २ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका २ कै रहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
