काठमाडौं – आजको मन्त्रीपरिषद बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय हुँदैछ भन्ने चर्चा चले पनि निर्णय नभएको बताइएको छ । ऊर्जा मन्त्री दिपक खड्काले प्रस्ताव तयार पारे पनि आजको बैठकमा छलफल नभएको स्रोतले बतायो । आजै ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङले घिसिङलाई हटाउन नहुँने अभिव्यक्ति दिएका थिए ।
बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ भने सरकारले ८० जना सहसचिवको पनि सरुवा गर्ने निर्णय गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
