Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शहीद परिवारसँग अध्यक्ष प्रचण्डको भेट


  • शुक्रबार, फाल्गुन ९ २०८१

  • शहीद परिवारसँग अध्यक्ष प्रचण्डको भेट

    फागुन ९, पोखरा। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ।

    अध्यक्ष प्रचण्डले शुक्रबार तनहुँको दुलेगौडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको हो।

    भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका शहीद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभयो।

    प्रचण्डले भन्नुभयो, ‘हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्वपूर्ण काम गर्‍यौँ। जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्‍यौँ। हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुंगो लगाएका छौँ। आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं।’

    भेटमा शहीद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले शहीद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंगाउन ध्यानाकर्षण गराउनुभएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij