काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले ट्रान्सपेरिन्सी इन्टर नेशनलले भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्टसार्वजनिक गरेको माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको बेलाको भएको बताएका छन । उनले वर्तमान सरकार का पालामा शुभारसनका पक्षमा धेरै काम भएको दावी गरे का छन । महासचिव पोखरेलले भनेका छन :
भ्रमको खेती र वास्तविक तथ्य
ट्रान्सपेरिन्सी इन्टर नेशनलले भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सार्वजनिक भएपछि नेकपा( माओवादी केन्द्र) लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरु वर्तमान सरकारका कारणले त्यसो भएको भनेर तिखो आलोचना गरिरहेका छन् । जबकी उक्त रिपोर्ट सन २०२४ को हो । जुन वर्षको आधिभन्दा वढि समय माओवादी नेतृत्वको सरकार नै थियो ।
त्यसमाथि यसै वर्ष सुशासनका सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्ट मध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको छ । विश्ववैंक लगायत तीनवटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिन्छ । त्यस अर्थमा नेपालका सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्ना ठाउमा छ । तर विग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ । होइन र ?
विगतको सरकारको काम ठिक नभएको र मुलुक संकटग्रस्त वन्न पुगेको निष्कर्शका आधारमा नै वर्तमान सरकार गठन भएको हो । दुई दलका बीचमा भएको ७ वुँदे सहमतिमा नै उक्त कुरा उल्लेख छ ।
वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड़ दिने काम भएको छ । आर्थिक सुधारमा जोड दिइएको छ । यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ला । होइन र ?
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
