काठमाडौं – गृहमन्त्री रमेश लेखकलाई दलितमाथी प्रहरी शक्तिको दुरुपयोग गरी दमन गरेको गम्भिर आरोप लागेको छ । अन्तरजातिय विवाह गरेका सत्यन्द्र कुमार राम लाई नेपाल र भारतमा समेत प्रहरी शक्तिको दुरुपयोग गरी दमन गरेको गम्भिर आरोप लागेको छ । भारतको मुम्बई सम्म प्रहरी परिचालन गरी दलित युवा माथी अत्याचार गरेको नयाँ पत्रिका दैनिकले विस्तृत समाचार प्रकाशित गरे पछि उनी विवादमा परेका हुन ।
राष्ट्रिय मानव अधिकारले समेत यस विषयमा अनुशन्धान गरिहेको छ । घटना विवरण अनुसार सर्लाहि बरहथवा ४ का सत्येन्द्र कुमार राम र बरहथवा ५ की नेहा रौनियारले गरेको अन्तरजातिय विवाह छुटाउन गृहमन्त्री लेखकले आइजीपी वसन्त कुँवर लाई आदेश दिएका थिए । गृहमन्त्रीकै निर्देशनमा नेपाल प्रहरीको डिएसपीको नेतृत्वको टोली भारतको मुम्बई सम्म प्रहरी पठाएका थिए ।
नेहाका पिता एवं ब्यापारी सुरेन्द्र रौनियारको आग्रहमा गृह मन्त्रीले आफ्नो शक्तिको दुरुपयोग गरेर दलित युवालाई दमन गरेको आरोप गृहमन्त्री माथी छ । दलित युवा रामलाई नक्कली मुद्दामा फसाउँने धम्की दिएर पटक पटक पक्राउ समेत गरिएको थियो ।
गृहमन्त्रीकै संलग्नतामा जातिय विभेद र राज्यशक्तीको दुरुपयोग भएको विरोधमा दलित अधिकारकर्मीहरूले बुधबार विरोध प्रदर्शन गरेका छन । उनीहरूले गृहमन्त्रीको राजिनामा माग गरेका छन । गृह्मन्त्री लेखकको सचिवालय र नेपाल प्रहरीलेले समाचारको खण्डन गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
