काठमाडौं – शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
