Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ


  • मंगलबार, माघ १५ २०८१

  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने २४ वर्षीया विशाखा पौडेल रहेका छन् ।

    पक्राउ मध्ये सुनिलले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट २२ लाख ३८ हजार रूपैयाँ, विकाशले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, सुरेन्द्रले अमेरिका पठाइदिन्छु ‍भन्दै १ जना पीडितबाट ९७ लाख ५४ हजार रूपैयाँ र विशाखाले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई काठमाडौं टेकुबाट, सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-१४ बाट र विशाखालाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा विकाशलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको हो ।

    पक्राउ मध्ये सुनिल, विकाश र विशाखालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij