काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने कास्की जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत गएका छन ।कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाईकाे आदेशमा फाैजदारी कार्यविधि संहिताकाे दफा ६८ बमाेजिम धराैटी माग गरेकाेमा चित्त नबुझी साे बेरितकाे आदेश बदर गरि दफा ६९ बमाेजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी उच्च अदालतमा पुनरावेदन गरिएको लामिछने निकट प्रमोद न्यौपानेले बताए ।लामिछानेले उच्च अदालत पाेखरामा दफा ७३ बमाेजिम निवेदन दर्ता गराएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
