एजेन्सी – भारतका प्रशिद्ध अभिनेता सैफ अलि खान चक्कु प्रहारबाट गम्भिर घाईते भएका छन । मुम्बई प्रहरीको एक विज्ञप्ति अनुसार, संदिग्ध व्यक्ति बिहान लगभग २:३० बजे सैफको निवासमा प्रवेश गरे र घरका कर्मचारीसँग चर्को बहस गरे। परिस्थितिलाई कम गर्न सैफले हस्तक्षेप गर्दा घुसपैठियाले उनीमाथि आक्रमण गरे, जसबाट अभिनेता खान घाईते भएका छन ।
घटना लगत्तै सैफलाई लीलावती अस्पताल लगिएको थियो । अस्पतालका सीओओ डा. निरज उत्तमानीले उनको शल्यक्रिया गरिएको बताए ।
चिकित्सक हरुले उनी खतरा मुक्त बताए पनि विस्तृत विवरण खुलाइएको छैन । आक्रमणकारी पहिला देखि नै उनको निवासमा रहेको आशंका प्रहरीले गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
