काठमाडौं – संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दल हरु एक जुट भएर दवाव दिन थालेका छन । माओवादीको आव्हानमा भएको बैठकले संसद बैठक बोलाउन ढिलाई गरेको प्रति आपत्ति प्रकट गरेको छ । विपक्षीहरुले संसद छलेर अध्यादेश बाट शासन गर्न खोजेको आरोप सरकार माथी लगाएको छ । संसद्मा विचाराधिन विद्येयकहल समेत अध्यादेश मार्फत ल्याइएको भन्दै विपक्षी दलहरुले विरोध गरेका छन । बैठकले संसद अधिवेशन बोलाउन दवाव दिने निर्णय गरेका छन ।
बैठकमा माअोवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राप्रपा, आम जनता पार्टीलगायत दलहरूका शीर्ष नेताहरू सहभागी थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
