काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश अध्ययनका लागि स्थगित गर्नुभएको छ। राष्ट्रपतिले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छैन।
सरकारले सिफारिस गरेकामध्ये सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
