काठमाडौं – काठमाडौं महानगर पालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भए पछि मेयर बालेन्द्र शाहले संघिय सरकारलाई पत्र लेख्दै अधिकृत पठाइदिन आग्रह गरेका छन । शाहले पत्रमा भनेका छन -‘काठमाडौँ महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ । निमित्त बनेका गोविन्द प्रसाद शर्माले राजिनामा दिए पछि महानगर प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको छ । महानगरमा सहसचिव तहको कर्मचारी प्रमुख प्रशासकिय अधिकृत हुन्छन् । धेरै जसो सहसचिव काठमाडौं महानगरमा प्रशासकिय अधिकृत भएर जान चाहदैनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
