काठमाडौं – आज राष्ट्रिय मेल मिलाप दिवस मनाईँदै छ । आफु विरुद्ध मृत्युदण्ड हुन सक्ने मुद्दा चलिरहेको वेला कांग्रेसका संस्थापक नेता विपी कोइराला भारतबाट स्वदेश फर्किएको दिनलाई मेलमिलाप दिवसका रूपमा मनाईन्छ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
