काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४३ अकंले घटेर २५९६ बिन्दुमा आइपुगेको छ । आज ३१० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६करोडको शेयर कारोबार भएको छ।
बिहिबार २९ कम्पनीको मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ । तीन कम्पनिको मुल्य भने स्थिर रहेको छ ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.२५ प्रतिशत, बैंकिङ समूहको ०.८२ प्रतिशत, फाइनान्स समूहको २.३१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.९५ प्रतिशतले शेयर मूल्य घटेको हो ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
