Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली महिलाले केही गर्न सक्छ भनेर देखाए – विभा


  • शुक्रबार, मंसिर ७ २०८१

  • नेपाली महिलाले केही गर्न सक्छ भनेर देखाए – विभा

    काठमाडौं मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले नेपालमा मिसको तुलनामा मिसेसका प्रतियोगीतालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गरेकी छन् । अन्तराष्ट्रिय प्रतियोगीतामा मिसको तुलनामा मिसेसले राम्रो सफलता हात पारेपनि हेर्ने दृष्टिकोण भने राम्रो हुन नसकेको उनको भनाई थियो ।
    बस्नेतले केही दिन अगाडि मात्र अन्तराष्ट्रिय प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा मिसेस तर्फको शिर्ष उपाधि ‘मिसेस हेरिटेज इन्टरेनसनल’ नेपाललाई दिलाएकी थिइन् । राजधानीमा आयोजित पत्रकार भेटघाट क्रममा उनले ‘हेरिटेज प्याजेन्ट’को अनुभव बाँडिन् ।
    ‘अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीको अनुभव मेरो स्वदेशको भन्दा बेग्लै रह्यो । त्यहाँ धेरै देशका कल्चरदेखि धेरै कुरोको जानकारी मिल्यो’, बस्नेतले भनिन् ‘नेपालको कल्चर, हेरिटेज र नेपाली महिलाको लचकता बारे समेत सबै माझ राखे ।’ विजेता बने त्यो खुसी कुरो हो । तर विजेता नभएको पनि सहभागी हुन पाएकोमा भाग्यमानी ठान्ने उनले सुनाइन् । ‘नेपाली महिलाले पनि केही गर्न सक्छन् भनेर प्रमाणी गर्न सफल भए । यो देशका लागि उपलब्धि हो’ उनले थपिन् ।
    कार्यक्रममा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा उपलब्धि हासिल गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने बताए । नेपालीहरुको समय ख्याल नगर्ने बानी अन्तराष्ट्रिय प्रतियोगीतामा पछि पर्नुको मुख्य कारण हुने गरेको उनले भनाई थियो
    ‘हामी नेपाली समय अनुसार चल्दैनौ । मैले विश्वका बिभिन्न कार्यक्रममा जाँदा अन्य प्रतियोगी समय अनुसार चलेको पाएको छु’, शाक्यले थपे ‘समय लगायत धेरै कुरोमा अझै नेपालीले मिहिनेत गर्नुपर्छ ।’ हामी विश्वका अन्य मुलुक भन्दा कलासंस्कृतिमा धनी भएकोले प्रतियोगीताका लागि प्रस्तुत गर्ने बिषय हामीसँग धेरै रहेको उनले सुनाए ।
    बस्नेतलाई ‘हेरिटेज प्याजेन्ट’मा ग्रिनआर्ट मिडियाले पठाएको हो । मिडियाकी अध्यक्ष अनिला श्रेष्ठले धेरै मिहिनेता पछि यो बर्ष नेपाललाई उपलब्धि हात परेको बताइन् । मिडियाको प्रतियोगी छान्ने प्रकृया अन्य भन्दा भिन्न र उत्कृष्ट भएकोले अन्तराष्ट्रिय क्षेत्रमा पनि उपलब्धि हासिल गर्न सफल भएको उनको भनाई रहेको थियो ।
    ‘हामी अडिसनदेखि फाइनलसम्म बिभिन्न चरणको सेलेक्स गर्छाै’, श्रेष्ठले भनिन् ‘छानिएका प्रतियोगीलाई अनेक प्रशिक्षणबाट निर्खाछौ । त्यसैले पनि यो उपलब्धि हात परेको हो ।’ उनले आगामी दिन अझ धेरै अन्तराष्ट्रिय उपाधि नेपाल भित्र्याउने लक्ष्य मिडियाको रहेको सुनाइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij