Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड


  • शुक्रबार, कार्तिक ३० २०८१

  • समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड

    काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।

    कम्पनीले कार्तिक १२ देखि कार्तिक २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो।

    क्यापिटलका अनुसार यस निष्काशनमा १३ लाख ४८ हजार ९ सय १२ जनाले १ करोड ९६ लाख ९६ हजार १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १३ लाख ४७ हजार ५ सय १३ जनाको मात्र आवेदन योग्य भएको छ।

    माग भन्दा बढीको आवेदन भएकोले गोलाप्रथाबाट कम्पनीको शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ३५ हजार ९० जनाले कम्पनीको शेयर पाएका छन् । शेयर पाउने ३५ हजार ९० जना मध्येबाट ४ जनाले ११ कित्ता शेयर, १ जनाले १०.२५ कित्ता शेयर र बाँकीले १० कित्ताको दरले शेयर पाएका छन् । एफपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ ।

    समता घरेलु लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शुक्रबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

    एफपीओको नतिजा केही समयमा प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । जस अनुसार बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com , र सिडीएसले सार्वजनिक निष्काशनको नतिजा हेर्नको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np बाट नतिजा हेर्न सकिने छ । यी वेबसाइटमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । त्यस्तै सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login बाट आफुले आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर नतिजा हेर्न सकिने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij