Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ हुन कि पुराना गल्ती गर्नेलाई कारवाही हुनु पर्छ : महामन्त्री थापा


  • शनिबार, कार्तिक २४ २०८१

  • नयाँ हुन कि पुराना गल्ती गर्नेलाई कारवाही हुनु पर्छ : महामन्त्री थापा

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गल्ती गर्ने जो सजायको भागी हुनु पर्ने बताएका छन । सामाजिक सञ्जालमा लेख्दै थापाले कानुन विपरित कार्य गर्ने सबै जना अनुशन्धानको दायतमा आउनु पर्नेमा जोड दिए । उनले भनेका छन – ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ’ कानुनी शासनको मान्यता यही हो।
    महामन्त्री थापाले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनु पर्ने भन्दै सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नु पर्ने बताए ।

    ‘कुनै पनि व्यक्तिलाई राज्यले फरक ढङ्गले हेर्न पाइँदैन। यो विचार,आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन ‘ महामन्त्री थापाले भनेका छन ।

    उनले कांग्रेस संस्थापक नेता गणेशमान शिरको सम्झना गर्दै भने – ‘आज गणेशमान सिंहको जन्म जयन्ती,हामीले गणेशमान सिंहबाट सिकेको पनि यहीँ हो। उहाँका अटल विश्वास,आदर्श र निष्ठाको स्मरण सहित हार्दिक श्रद्धा सुमन!’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij