Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चक्रेलाई ज्यानमार्ने उद्योग गरेकोमा दिपक मनाङ्गेलाई पाँच वर्ष कैद फैसला सदर


  • मंगलबार, कार्तिक २० २०८१

  • चक्रेलाई ज्यानमार्ने उद्योग गरेकोमा दिपक मनाङ्गेलाई पाँच वर्ष कैद फैसला सदर

    काठमाडौं – गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतले सुनाएको  फैसला सर्वोच्च अदालतले सदर गरेको छ । उनलाई उच्चले पाँच वर्ष कैद फैसला सुनाएको थियो ।मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो। उच्चले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

    २०६१ सालमा मिलन गुरुङ उर्फ चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मुद्दा दायर भएको थियो । मनाङ्गे र चक्रे दुवै अपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij