पोखरा —सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुशन्धान गर्न अदालतले अनुमति दिएको छ । उनलाई म्याद थपका लागी बिहीबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । हिरासतमा राख्ने ६ दिनको म्याद सकिए पछि पुनः म्याद थपका लागी उनलाई अदालत उपस्थित गराईएको हो । उनी सँगै सोहि आरोपका पक्राउ परेका पूर्व डिआईजी छविलाल जोशीलाई समेत अदालत उपस्थित गराइएको छ । पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
