Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा क्यापिटलको लाभांश घोषणा


  • शुक्रबार, कार्तिक २ २०८१

  • सानिमा क्यापिटलको लाभांश घोषणा

    काठमाडौं – सानिमा क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशतका दरले ३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लाभांश पारित गर्न कम्पनीले कात्तिक २६ गते दिउसो ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

    कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै सभाले सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij