महाराष्ट्रका पूर्व मन्त्री तथा एनसीपीका वरिष्ठ नेता बाबा सिद्दिकीको मुम्बईमा गोली हानी हत्या गरिएको छ ।
शनिबार साँझ मुम्बईको बान्द्रा क्षेत्रमा उनीमाथि हमला भएको थियो, त्यसपछि राष्ट्रवादी कांग्रेस पार्टीका नेतालाई अस्पताल भर्ना गरिएको थियो।
उनको लिलावती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो घटनापछि महाराष्ट्र र बलिउड फिल्म सिटी मुम्बईको राजनीतिमा हलचल मच्चिएको छ ।
बाबा सिद्दीकीको बलिउड फिल्म कलाकारहरूसँग गहिरो सम्बन्ध थियो। उनको निधनमा धेरै बलिउड कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।
अभिनेता सलमान खान बिग बोस सिजन १८ को सुटिङमा व्यस्त थिए। यो खबर पाएलगत्तै उनले सुटिङ बीचमै रोकेर सिद्दिकी परिवारलाई भेट्न लीलावती अस्पताल गए ।
बिबिसी हिन्दीवाट
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
