काठमाडौं – आज बुधबार पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार तोलाको १ लाख ५९ हजार ७ सय रुपैयाँको कारोबार भएको छापावाल सुनको मुल्य आज पनि तोलामा ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको हो ।
नेपाली बजारमा आज कायम सुनको मुल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
