काठमाडौं – नेपाली बजारमा आज शुक्रबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबार तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा एकैपटक ३ हजार रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यसअघि बुधबार सुनको मुल्य १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेर ऐतिहासिक मूल्यमा कारोबार भएको थियो ।
आज शुक्रबार चाँदीको मुल्य पनि आज एकैपटक तोलामा ६५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
