काठमाडौं -नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ। आइतबार अध्यक्ष विपुल पोखरेलले निकालेको विज्ञप्तिमा निर्वाचन मिति असोज ५ गतेलाई तोकिएको उल्लेख छ। पत्रकार महासंघको निर्वाचन पछिल्लो समय अनिश्चत भन्दै गएको थियो ।
विज्ञप्तिमा भनिएको छ – ‘महसंघको सबैखाले अभियानमा महत्वपूर्ण साथ, सहयोग र रचनात्मक ऊर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै २०८१ असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु ।’

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
