Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीको अधिकार प्रयोग गरेर मानिस पक्राउ गर्दै महानगर प्रहरी !


  • आइतबार, भाद्र ९ २०८१

  • नेपाल प्रहरीको अधिकार प्रयोग गरेर मानिस पक्राउ गर्दै महानगर प्रहरी !

    काठमाडौं – स्थानिय तहले गठन गरेको प्रहरीले मानिस पक्राउ गर्ने, अनुरान्धान गर्ने र मुद्दा चलाउने कार्य गर्न पाउँदैनन् । उनीहरुले मात्र होइन शसस्त्र प्रहरी बललाई पनि त्यो अधिकार छैन । त्यसो गर्ने अधिकार नेपाल प्रहरी लाई मात्रै छ । त्यो पनि पक्राउ गर्न पर्ने कारण खुलाएर अदालतबाट पक्राउ पुर्जी जारी गरेर मात्रै नेपाल प्रहरीले मानिस नियन्त्रणमा लिन सक्दछ । तर काठमाडौं महानगर पालिकाका नगर प्रहरीहरुले वेला बेलामा मानिस पक्राउ गर्ने गरेका छन ।

    आइतबार बिहान महानगर प्रहरीले गंगालाल अस्पताल छेउछाउमा थर्मसमा चिया बेचिरहेका एक व्यक्तिलाई जवर्जस्ती पक्राउ गरेका छन । चिया बेचेर फोहोर गरेको आरोपमा एक व्यक्तिलाई गिरफ्तार गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ठूलो संख्याला नगर प्रहरीले उनलाई लछार पछार गर्दै भ्यानमा हालेर लगेको भिडियोमा देखिन्छ । एक प्रहरीले उनको थर्मस भ्यानको पछाडी राखेको देखिन्छ । केहि नगर प्रहरी ड्रेसमा छन भने केहि ट्रयाकसुटमा देखिन्छन ।

    नगर प्रहरीले उक्त व्यक्तिले आफुहरु माथी जाइलागेको बताए पनि भिडियोमा त्यस्तो देखिदैन । महानगर सडक ब्यापार गर्नेहरु प्रति निर्मम बन्दै आएको छ ।

    र यो पनि !

    कार्टुन

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij