काठमाडौं – सुनकोशी नदिमा गाढी खस्दा तीन जना वेपत्ता भएका छन । सिन्धुली, गोलान्जोर गाउँपालिका- १ मा बलेरो गाढी सुनकोशीमा खसेको हो । दुर्घटनामा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय चालक अबिन बाके, सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् भने सुशान्त कक्षपति घाइते भएका छन्। प्रहरीले खोजिकार्य गरिरहेको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
