काठमाडौं– साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.८१ अकंले बढेर २९३१.६५ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । हिजो शेयर बजारकै इतिहासमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो । सो रेकर्डलाई आज तोड्दै आज २७ अर्ब बढीको कारोबार भएको छ ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । सोमबार बैकिङ समूहको २.९५ प्रतिशत, विकास बैंक समूहको ३ प्रतिशत, फाइनान्स समूहको ४.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
