Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड


  • सोमबार, साउन २१ २०८१

  • सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

    काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मुल्यले सोमबार प्रतितोला ३०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्म कै उच्च हो । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार २२ क्यारेटको सुन १ लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij