काठमाडौँ -श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो ।
गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्य वा अंकित मूल्यमा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो । सभा आगामी भदौ ४ गते काठमाडौंको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ।
त्यस्तै सभाले कम्पनीको अधिकृत पूँजी,जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
