Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेले मनोनयन गऱ्यो उपाध्यक्ष देखी केन्द्रीय सदस्य सम्म


  • बिहिबार, साउन १७ २०८१

  • एमालेले मनोनयन गऱ्यो उपाध्यक्ष देखी केन्द्रीय सदस्य सम्म

    काठमाडौं – नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनित गरेको छ । विहिवार बसेको सचिवालय बैठकले स्थीयी समिति सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनयन गरेको छ । एमालेले प्रदेश इन्चार्ज समेत तोकेको छ । जसमा कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।

    त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र  सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।  एमालेले १७ जना केन्द्रीय सदस्य समेत मनोनयन गरेको छ ।

    केन्द्रीय सदस्यको सुचि यस्तो छ ।

    १. सुवास कर्माचार्य – सिन्धुपाल्चोक

    २. कुन्दन कुशवाह,

    ३. जितेन्द्र देव – सुनसरी

    ४. रामप्रीत पासवान – सिरहा

    ५. कृष्णभक्त पोखरेल – चितवन

    ६. कमलकृष्ण तिमिल्सिना – अछाम

    ७. गोविन्द पुन – सल्यान

    ८. केदार सिग्देल – तनहुँ

    ९. मनमोहन पौडेल – पर्वत

    १०. भरदेव जोशी – दार्चुला

    ११. हरि उप्रेती – सर्लाही

    १२. इन्द्र भण्डारी – झापा

    १३. महेश बर्तौला – मकवानपुर

    १४. सरिता भुसाल – किसान महासंघ

    १५. प्रभा बराल – कास्की

    १६. मञ्जु शर्मा चालिसे – बागलुङ

    १७ आशा जवेगु – पाँचथर

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij