Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चुच्चे नक्साबारे केपी वलीलाई लण्डनबाट आर के त्रिपाठीको खुलापत्र


  • आइतबार, साउन १३ २०८१

  • चुच्चे नक्साबारे केपी वलीलाई लण्डनबाट आर के त्रिपाठीको खुलापत्र

    सरकार चुच्चे नक्साको जारी भएको करिब ५ बर्ष हुँदा पनि यस विषयमा भारतसंग कुरा राख्न,कुटनैतिक बार्ता गर्न डराई रहेको छ। नेपालमा छापिएको चुचे नक्शाको जमिन फिर्ता ल्याउन भारतसंग कुटनैतिक वार्ता गर्नु अगाबै छिमेकी देश चिनले नयाँ नक्शा जारी गर्दा नेपालको चुचे नक्शाको चुचो नै हटाइ दिएको थियो। यसबाट प्रष्ट हुन्छ कि भारत नेपालको सिमा विबाद विषयमा बिबादमा चिन पर्न चाहँदैन ।

    यसबाट के बुझिन्छ भने चिन नेपाल प्रति सकारात्मक छैन। नेपालको परराष्ट्र मन्त्रालयले पनि नेपाल सरकारको धारणा स्पष्ट राख्न डराईरहेछ।

    मलाई लाग्दछ, नेपालको विदेश कुटनिती असफल भएको देखिन्छ। समयमै नेपालको अतिक्रमित विषयलाई पहिला नेपाल भारत विच बार्ता गर्नु पर्दथ्यो। यसमा नेपाल सरकार चुकेको छ। अहिले दुई तिहाईको संयुक्त सरकार छ । अब चुचे नक्साको कुरा राख्न डराउनु हुँदैन।

    चिनले समेत चुचे नक्शा लाई मान्यता नदिए पछि परिस्थिती जटिल बनेको छ। नेपाल सरकारले यो विषय नेपालको प्रधानमन्त्रीको भविष्यमा हुने संयुक्त राष्ट्र संघ महासभा र चिन र भारत भ्रमणमा यो सिमा विबादको विषय उठाउन सक्नु पर्दछ। नत्रभने नेपालले यो अर्को उपयुक्त मौका गुमाउने छ।

    महाभारतमा सबै मुख्य पात्रहरुले हस्तिनापुरको राम्रो भविष्यको लागी ऐतिहासीक निर्णय लिएका थिए। हरेक प्रमुख पात्रको निर्णय हस्तिनापुरका जनताले दियो मा बत्ती बालेर स्वागत गरे। समय बित्दै जाँदा महाभारतको हरेक मुख्य पात्रले हस्तिनापुरको हितमा गरेको निर्णयको कारण केही समय पछि युद्ध भयो।

    महाभारतको त्यो युद्धले देखाएको सत्य के हो भने, हामीले लिएको सबै लोकप्रिय निर्णयले राम्रै गर्छ भन्ने ठोकुवा गर्न सकिदैन। लोकप्रिय निर्णयले भविष्यमा राम्रो हुन पनि सक्छ वा युद्ध निम्त्याउन पनि सक्छ। यसमा आजै कसैले प्रत्याभूती दिलाउन सक्दैन।
    नेपाल सरकारको सिमा सम्बन्धी चुचे नक्सा छापिएको विषय निर्णय बिना शंका प्रिय छ।तर भविष्यमा यस निर्णय गर्ने कुरा कति लोकप्रिय वा अलोकप्रिय हुन्छ भविष्यको गर्भमै छ।

    हामी चाहन्छौं सरकारको हरेक निर्णयले भविष्यमा प्रियता ल्याउनेछ।भविष्यमा निर्णय कायम गरि हक प्राप्त गर्न युद्ध गर्न पनि तयार हुनुपर्ने अवस्था आउन सक्छ।

    भारत र चिनको कुटनीति,विदेशनीति जो सरकारमा आए पनि एउटै देखिन्छ तर हाम्रो देश नेपालमा भने सरकार पिच्छे फरक नीति देखिन्छ।

    राष्ट्रियता फेसबुकको वालमा झल्कदैन। यो त भावना यथार्थमा मन भित्र हुन सक्नु पर्दछ। कालापानी,लिपुलेक,लिम्पियाधुरा सदैब नेपालको थियो। यो भविष्यमा पनि हुनेछ। भारतको ज्यादतीले उपयोग गर्न मात्र नपाइएको हो।धेरै उत्तेजित हुन आवश्यक छैन। भारतलाई हराउँछौ हराउँछौ भन्नै पर्दैन।भूमि हाम्रै हो। भारतले तथ्य प्रमाण हेरी भविष्यमा छोड्नै पर्छ।नेपाल सरकारले भारत सरकारसँग ढीलाई नगरि बार्ता सुरु गर्नुपर्छ।

    भारतले मानेन भने संयुक्तराष्ट्र संघमा जाऔं।त्यसको लागी भारत बाहेक अन्य बहुदेशीय समर्थन प्राप्त गर्न थालनी गरौं। संयुक्त राष्ट्रसंघबाट तुरुन्त हल नहुन पनि सक्छ। हामी सबै राष्ट्र प्रेमी हौं। भोली युद्ध लडेर त्यो भु-भागबाट भारतलाई धपाउनु पर्ने भए आजैदेखी सैन्य प्रविधि,सेना संख्या,सैन्य उपकरण जोडनतिर लागौं। सबै पक्षको तयारी थालौं।

    सामाजिक संजालमा देखिने राष्ट्रवादी भावना अनुसार भारतसँग युद्ध गर्नुपर्ने भयो भने आजकै तयारीले युद्ध जित्न सकिंदैन/

    नेपालको मेचीदेखि महाकालीसम्म जहाँ जहाँ भारतले सिमाना मिचेको छ,एकै पटक बार्तामा कुरा उठाऔं। पटकपटक पृथक सिमाना मिचिएको कुरा उठाउँदा अफ्ठेरो हुन्छ।

    दुःख नमान्नुस, यहाँ विगत स्मरण गराउन चाहन्छु। हामीले विगतमा भारतको ३ पटक २०२८ साल, २०४५ साल,२०७२ सालमा नाकाबन्दी झेलेउँ। हामीले दुख खेपीखेपी त्यसको सामना गर्‍यौं। हामीले भारतीय नाकाबन्दीको बेला भन्यौं की अब हामी आन्तरीक तयारी गर्दछौं,भारतको भर पर्दैनौ।हामीले भन्यौं,उत्पादन बढाउँछौं,रोजगार बढाउँछौं। भारतले फेरि नाकाबन्दी गरे अन्यत्रबाट तेल ल्याउँछौ भन्यौं २०२८ साल देखी।तयारी गर्‍यौ वा गरेनौ? बस्तुस्थिति के छ तपाई हामी सबैलाई थाहा छ।

    हिजो नाकाबन्दीका समयमा भारतले तेलका ट्याङकर,गाडी रोकेर नेपाल आउन दिएको थिएन/तर अहिले त रक्सौलबाट पाइप लाईन हुँदै अमलेखगन्ज सम्म पेट्रोलियम पदार्थ आउँछ।अब त भारतले एउटा इलेक्टिक स्विच दबाउँदा सारा तेल रोकिन्छ।यो तेलको पाईपलाइन बिच्छाउनु अगाडी हामीले कस्तो सन्धि गरेका छौं ? त्यो पनि हेर्नु पर्दछ ।नेपाललाई मुख्य समस्या पेट्रोलियम पदार्थको वा खाद्यान्नको उत्पादन के छ नेपालमा सरकारलाई थाहा होला ।

    यहाँ एउटा घटना मन पोलेर लेख्दैछु। स्वर्गीय नेता मदन भण्डारी कार दुर्घटनामा परि दुखान्त निधन भयो। हामी सबैले उनको निधनमा नेपाललाई अपरुणीय क्षती भएकोमा दुख व्यक्त गर्‍यौ। नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समवेदना र श्रद्धाजली प्रकट गर्नुभयो। पछि भण्डारीकै पार्टीले के भन्यो भने त्यस बेलाको सरकार प्रमुखले डिजाइन गरी हत्या गरियो। स्वर्गीय मदन भण्डारीको निधन होइन हत्या भयो भनियो।त्यसको लागी उहाँको पार्टीले सरकारी अनुसन्धान गर्न माग गर्यो।त्यो बेला यो एमालेले गरेको निर्णय र माग प्रिय थियो तर त्यही अनुसन्धानको लागी माग गर्न गरिएको उत्तेजक आन्दोलनले कैयनको ज्यान लियो।एमाले नेता मदन भण्डारीको हत्या गरियो भनियो।यो वास्तबमा साँचो थिएन तर जुलुस उचाले रत्न पार्क फोरे। अश्रुग्यास चले।कति घाईते भए कति मारिए? अनुसन्धानको माग गर्ने आन्दोलन प्रिय थियो तर परिणाम अप्रिय थियो।यो मागको लागी सडक तताउने आन्दोलन अप्रिय थियो।यो इतिहासको कुरा उठाउने मात्र प्रयास गरेको छु।पार्टीका कार्यकर्ता जनता सडकमा उतारेउँ।स्थिति नियन्त्रण गर्न गोली चल्यो। कैयन मारिए।मर्ने मरे। बाँच्ने कहाँ छन?दुख लाग्छ।

    हामीहरुले वा पार्टीहरुले भारतको,चिनको बिरोध गर्न सडकमा जनता उतार्ने गरी उत्तेजीत हुनु हुँदैन।उत्तेजनाले हामीलाई नै मार्दछ।दुःख नेपालीले पाउँछौं।संयमित होउ।कुटतैतिक प्रयास गरौं।द्रुत गतीमा समस्या समाधान गर्न अघि बढौं।तपाईं हामी सबैको सोचाई मिलाएर अघी बढौं।

    राष्ट्रवादका नाराले सँधै नेपालीले दुख पाउन हुँदैन।सिमाना समस्याको सर्वोत्कृष्ट बार्ता कुटनीति हो।उत्तेजनामा आउँदा कोहि कसैलाई फाइदा हुँदैन।

    यहाँ कोहि कसैलाई देवत्वकरण गर्न आवश्यक छैन। मुख्य कुरा हाम्रो भूमि प्रक्रिया पूरा गरेर फिर्ता ल्याउनु पर्छ।
    भारतलाई अझ दवाब बढाउन आवश्यक छ ताकि हाम्रो भुमिमा हाम्रो अधिकार चाँडै स्थापित होस।
    स्नेही –
    आर के त्रिपाठी –
    लण्डनबाट

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij