काठमाडौं – काठमाडौं महानगर पालिकाले न्युरोड र दरवारमार्ग क्षेत्रको फुटपाथ विस्तारको काम अघि बढाएको छ । महानगर र सडक डिभिजन कार्यालय विच विवाद भए पछि महानगरको योजना रोकिएको थियो । उच्च अदालता पाटनले महानगरको पक्षमा फैसला गरे पछि काम सुरु गरिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । स्थानिय भने महानगरको यो कार्यको विरोधमा छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
