काठमाडौं – चितवन को नारायघाट मुग्लिन सडक खण्डको सिमलटारमा पहिरोमा परि दुइवटा वस बगाएको घटना मा उद्धार कार्य तिव्र बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्धित निकायलाई निर्देशन दिएका छन । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा पहिरोमा परि खोलामा खसेको छ ।
घटनामा करिव ६० बढी यात्रु वेपत्ता भएको बताइएको छ । प्रहरीले उद्धार कार्य गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
