काठमाडौं – चितवन को नारायघाट मुग्लिन सडक खण्डको सिमलटारमा पहिरोमा परि दुइवटा वस पुरिएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलटारमा पहिरोले पुरेको हो ।
प्रहरीले उद्धारकार्य अघि बढाएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
