काठमाडौँ – साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा कायम भएको छ। साताको अन्तिम कारोबारको दिन ३११ कम्पनीको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर किनबेच हुँदा४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १० उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.१७ प्रतिशतले शेयर मूल्य घटेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
