काठमाडौं- काठमाडौँको व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौँ महानगरपालिकाको योजनाको स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन् ।
‘नयाँ सडक बचाऊ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका थिए । यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो ।
महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएको थियो । पार्किङ हटाएपछि महानगरले पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरिसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
