Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टीलाई चलायमान गराउन कांग्रेस काठमाडौं क्षेत्र नं.९ ले गर्यो अन्तरक्रिया


  • शुक्रबार, जेष्ठ ४ २०८१

  • पार्टीलाई चलायमान गराउन कांग्रेस काठमाडौं क्षेत्र नं.९ ले गर्यो अन्तरक्रिया

    काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.९ क्षेत्रिय कार्यसमितिले बुधबार पार्टीका जिम्मेवार पदाधिकारी तथा सदस्यहरु र पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ।

     

    ९ नम्वर क्षेत्रिय कार्यसमितिले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र कालुपाण्डे समाधिस्थलमा आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा क्षेत्रमा भएका योजना कार्यान्वयनको अवस्था, बजेटको स्थिति र संगठन सुदृढीकरण लगायतका विषयमा छलफल भएको थियो।

     

    पार्टीको काठमाडौं ९ नम्वर क्षेत्रिय सभापति जयकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा केन्द्रीय सदस्यद्वय ध्यानगोविन्द रञ्जित र नानु वास्तोला, पार्टीका पूर्वकेन्द्रीय सदस्य किरण गिरी, महासमिति सदस्यहरु रीता ढकाल दवाडी, सुमन श्रेष्ठ, सुरेश परियार, धर्मराज गौतम, कल्याणी खड्का, गोमा गुरुङ, अमिता प्रधान, सुधा रिजाल, दिलमाया अधिकारी र शैलेस कर्माचार्यको उपस्थिति रहेको थियो।

     

    सो अवसरमा केन्द्रीय सदस्यसहित महासमिति सदस्यहरुले महासमिति वैठकमा राखेका प्रस्तावका विषयमा जानकारी गराउँदै क्षेत्रमा भएका विकास निर्माण र जनप्रतिनिधिहरुले स्थानीय तहमा गरेका विकास निर्माणका अभिलेखीकरण गर्नु पर्ने सुझाव दिएका थिए।

     

    त्यस्तै, पार्टीका जिल्ला कोषाध्यक्ष राजेन्द्र वुढाथोकी, जिल्ला सदस्य शुक्र तामाङ, महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमितिका पूर्वउपसभापति गौरीप्रसाद दवाडी, बासु कार्की, उज्वल बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, श्यामकृष्ण खड्का, रामेश्वर भट्टराई, लब ढुंगाना, प्रदेश सभापति मोहनकुमार बस्नेत र राजेन्द्र प्रसाद भट्टराई, पार्टीको नागार्जुन नगरसभापति दुर्गाप्रसाद गौतमले पार्टीले क्षेत्रमा गरेका क्रियाकलाप र गतिविधि तथा संगठन परिचालनका विषयमा धारणा राखेका थिए।

     

    पार्टीका निर्वाचित नगरका जनप्रतिनिधिहरु कामनपा १२ का वडाध्यक्ष वालकृष्ण महर्जन, कामनपा १४का वडाध्यक्ष सुमन श्रेष्ठ, चन्द्रागिरि नगरपालिका १ का वडाध्यक्ष हरिश्याम रानामगर, चन्द्रागिरि १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री, चन्द्रागिरि १२का वडा सदस्य प्रदीप अधिकारी, नागार्जुन नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्रराज गिरी, नागार्जुन ९का वडाध्यक्ष रामकृष्ण भट्टराई, १०का वाडाध्यक्ष सुन्दरबहादुर केसी लामिछाने लगायतले वडामा योजना तर्जुमा गर्दा र बजेट खर्च गर्दा पार्टीको वडा समितिसँग समन्वय गरिएको बताए।

     

    सो अन्तरक्रिया कार्यक्रममा कांग्रेसका क्षेत्रीय सचिव वन्दना खड्का, क्षेत्रीय सदस्य माधव न्यौपाने, अनिल लामा, दिपक भट्टराई स्थानीय तहका वडा सभापतिहरु, वुद्धिजीवि, शुभेच्छुक रसंचारकर्मीहरु सहभागी थिए।

     

    काठमाडौं ९ नम्वर क्षेत्रीय सभापति जयकृष्ण महर्जनले पार्टीका संगठनहरु क्रियाशिल भए पनि वडाहरु पार्टीका भ्रातृ संस्थाहरुको क्रियाशिलता नभएकाले चाँडो अधिवेशन गरी संगठनलाई चलायमान गर्नु पर्ने आवश्यकता रहेको बताए।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij