काठमाडौं – प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल र उमेशराज जोही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
