Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वभर मनाइँदै


  • बुधबार, बैशाख १९ २०८१

  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वभर मनाइँदै

    काठमाडौं – आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्व भर मनाइँदै छ । नेपालमा पनि उक्त अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यस अवसरमा आज विभिन्न राजनीतिक दल , संघ संस्थाले कार्यक्रम आयोजना गरेका छन् । श्रमिक दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । आज बैंक बित्तीय संस्था तथा सेयर बजार कारोबार र सरकारी कार्यालय बन्द रहने छ ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदूर आन्दोलनको सम्झनामा आज विश्वभर श्रमिक दिवस मनाइँदैछ ।

    सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

    नेपालमा समेत मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपालमा विराटनगरमा २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij