काठमाडौं – नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्रले आइतबार विज्ञप्ति जारी गर्दै कतारका अमिरले यही वैशाख ११ र १२ गते नेपालको भ्रमण गर्ने औपचारिक घोषणा गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरको नेपाल भ्रमण हुन लागेको हो । थानी वैशाख १२ गते नै काठमाडौंबाट फर्कने भ्रमण तालिका छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
