काठमाडौं – आज साताको अन्तिम दिन विहिबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले घटेर १,९७२ को विन्दुमा कायम भएको छ । आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज गोर्खाज फाइनान्सको १७ करोड रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
