Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ


  • आइतबार, चैत्र २५ २०८०

  • मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

    काठमाडौं – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।

    मुख्‍यमन्त्रीसँगै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन् । दुवै जना  बिनाविभागीय मन्त्रीको रुपमा नियुक्त भएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij