काठमाडौं – इलाम क्षेत्र नं – २ मा हुने उप – निर्वाचनका लागी कांग्रेस क्षेत्रिय समितिले ७ जनाको नाम उम्मेदवारका लागी सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन्। खड्का यस अघि नेम्बाङसंग पराजित उम्मेदवार हुन । एमालेका तात्कालीन नेता सुवास चन्द्र नेम्बाङको निधन पछि खाली भएको इलाम – २ मा उपनिर्वाचन हुँदैछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
