Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा सामान्य गिरावट


  • बुधबार, चैत्र ७ २०८०

  • शेयर बजारमा सामान्य गिरावट

    काठमाडौं –  बुधबार  शेयर बजार घटेर बन्द भएको छ ।  नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक ३ दशलमव ३४ अंकले घटेर २,०६३ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ । आज म्युचुअल फण्ड र माइक्रोफाइनान्स उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

    आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३०५ कम्पनीको शेयर किनबेच हुँदा १४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९४ कम्पनीको शेयर मूल्य बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    आज सेन्सेटिभ इन्डेक्स पनि ०.३६ अंकले घटेर ३६८.०३ विन्दुमा कायम भएको छ । १३ वटा समुहमध्ये १० वाटा समुहको शेयर घटेको छ भने ३ समुहको शेयर मूल्य बढेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij