Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्रेष्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न


  • सोमबार, चैत्र ५ २०८०

  • क्रेष्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न

    काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रिसीराज मोरेको अध्यक्षतामा आज सभा शुभ होटल प्रालि चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको हो ।

    सभाले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात् आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ । साथै, आईपीओ निष्काशन तथा सोसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

    सभाले वार्षिक प्रतिवेदन सहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गरेको छ । त्यस्तै, सभाले संचालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ती गर्ने र संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij