Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्टार माइक्रो इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न


  • आइतबार, फाल्गुन २७ २०८०

  • स्टार माइक्रो इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं – स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको दरबारमार्गस्थित कम्पनीको प्रादेशिक कार्यालयमा सम्पन्न भएको हो ।

    सभाले सर्वसाधारणमा शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले नियमावलीको नियम २९(२)मा संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट वा संशोधनका लागि निर्देशन भई आएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

    कम्पनीको सञ्चालक समिति गठन गर्ने प्रस्ताव सभाले पारित गरेको छ । स्वतन्त्र सञ्चालकको नियुक्ति पनि सभाले स्वीकृत गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९ ८० मा मुद्दती निक्षेपको ब्याज लगायतको आम्दानीबाट कूल ४४ लाख २ हजार ४ सय रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij