काठमाडौं– मन्त्रिपरिषद बैठकले दुई वटा निर्णय गरेको छ। सरकारले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ । बिहीवार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ। उनी यसअघि पनि प्रवक्ता थिइन्। सत्ता गठबन्धन परिवर्तन भएसँगै उनी पुन: सञ्चार मन्त्रीमा नियुक्त भएकी हुन्।
त्यस्तै संयुक्त राष्ट्र संघको कमिशन अन द स्टाटस अफ वमेन (सिएसडब्ल्यु)को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवतीलाई स्वीकृति दिने निर्णय गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
