काठमाडौं – नेकपा एमालेले तीन जना मन्त्रीको राजिनामा माग गरेको छ ।प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरे । भ्रष्टाचार काण्डमा मुछिएको भन्दै राजिनामा मागिएको हो ।
मन्त्री ज्वाला बालकुमारी घटनामा दोषि रहेको , बस्नेत टेरामक्स घोटाला र किराँती लुम्बिनि विकाश कोष अन्तर्गतका विषय मा अनिमिततामा संलग्न भएको भन्दै राजिनामा माग गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
