Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर


  • बिहिबार, फाल्गुन १० २०८०

  • प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

    काठमाण्डौ – प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले केन्द्रीय कार्यालय र शाखा कार्यलयहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सिजियर अफिसर/असिस्टेन्ट म्यानेजर र अफिसर/सिनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

    सिजियर अफिसर/असिस्टेन्ट म्यानेजर पदका लागि प्रतिष्ठीत संस्थाबाट चाटर्ड अकाउन्टेन्ट उत्तिण गरेका हुनुपर्ने र कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

    त्यस्तै अफिसर/सिनियर अफिसर पदका लागि कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने र बीमासँग सम्बन्धीत क्षेत्रमा मार्केटिङ अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले उल्लेख गरेको छ ।

    दुवै पदका लागि आवेदकको उमेर ३५ वर्ष पुरा नभएको हुनुपर्नेछ । इच्छुक र योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij